आउदो September ३ र ४ गते जापानको नागोयामा नेपाल फेस्टिबल हुदै

यही september ३ र ४ तारिक मा नेपाली राजदुताबास जापान, NRNA नागोया को संयुक्त आयोजना साथै ,नागोया शी को सहयोगार्थ मा आयोजनाहुन गइरहेको
दोस्रो नेपाल फेस्टिबल नागोया २०२२ लाई भब्यताको साथ सफल पारौ।

आफ्नो रास्ट्र को पहिचान बिदेशी भुमि मा झल्काउन र हाम्रा अथाह कला सस्कृति लाई बिश्व सामु चिनाउने यो सुनौलो अबसर मा हामी नेपाली संपुर्ण को उपस्थिति अपरिहर्य रहनेछ।

नेपाली नागरिक को हैसियत ले परदेस या स्वदेश मा रहेर हरपल हामीले महसुस गर्ने कुरा हो कि मेरो देस आकार मा सानो छ तर, सानो आकार भित्र मापन गर्न नसक्ने मेरो देसका सम्पदा हरु अनागीन्न्ति छन्।

जस्तै : बहुजाति , बहुभाषिक ,बहुसस्कृतिक ले धनि मेरो राष्ट्र चार जात छतीस बर्ण को साझा फुलबारी हो ।
मेरो देसको स्वादिलो खाना ,जलश्रोत को भण्डार , हामो गौरब को शान बिश्व कै अग्लो शिखर सगरमाथा, शान्ति का अग्रदुत गौतम बुद्ध को जन्मस्थान , कलकल बग्ने नदि नाला , हरियाली बनजंगल को सुन्दरतामा शितलता प्रदान गर्दै बग्ने ति छहरा , बिश्व कै अग्ला स्थानमा रहेका अनागीन्न्ति तालतलैया हरु , बहादुर नेपाल आमाका सपुतहरु को जन्म स्थल मा जन्म लिन पाएका हामी नेपाली कति भाग्यमानी

EVENT DETAILS

प्रकृति ले नै चिटिक्क पारेर सजाईदिएको मेरो देस भनेर आज हामी सबैले आफैमाथि गौरब महसुस गर्दै हिड्न पाएका छौ। साच्चिकै हामी सुन्दरता , निस्छलता , अत्मियता, मित्ब्ययीता, सस्करिक दृस्टी ले सायदै बिश्व मै सर्बोत्क्रिस्ट छौ।

सामुन्द्रिक सतह देखि अग्लो शिखर सगरमाथा को चुचुरो सम्म प्रकृति ले नै चिट्टिक सिगरिदिएका अनागीन्न्ति संरचना ले धनि मेरो देस नेपाल को नागरिक हु भनेर हर पल गौरब महसुस गर्ने भाग्यमानी नेपाली हौ हामी। मेरो देसको बयान गरेर नै सकिदैन।

तसर्थ , हमिले महसुस गर्ने आनन्द , र हाम्रो राष्ट्र को पहिचान , सगौरब प्रस्तुत गरौ।
ताकी हाम्रा प्रस्तुति ले हाम्रो देस बिस्व सामु परिचित बनोस। ति हरेक नागरिक लाई आफ्नो जीवनकालमा एकपटक नेपाल पुग्नुपर्छ भन्ने भाब जागोस।

नागोया मा आउन सक्ने सम्पूर्ण महानुभाब हरुलाई सकेसम्म समय मिलाएर उपस्थिति को लागी अनुरोध को साथै सादर निमन्त्गत्रणा गर्न चाहन्छौ र दोस्रो नेपाल फेस्टिबल नागोया २०२२ लाई भब्यताको साथ सफल पारौ।

आउनुहोस यही september ३र ४ तारिक मा हुन गइरहेको दोस्रो नेपाल फेस्टिबल नागोया २०२२ लाई भब्यताको साथ सफल पारौ।
जापानको बिभिन्न स्थान मा अबस्थित बिद्यार्थी भाइ बहिनि हरु , बुवाआमा , दिदीबहिनी,तथा दाजुभाई सम्पूर्ण मा सादर निमन्त्रणा गर्न चाहन्छौ।
यहाहरुले आफुमा भएको प्रतिभा प्रदर्शन गर्न सक्नुहुनेछ र सस्कृति झल्किने खालको प्रस्तुति दिन सक्नुहुनेछ।
आफ्नो ठाउँ बाट जे प्रतिभा प्रस्तुत गर्न सक्नुहुन्छ त्यो गरेर अथवा यहको उपस्थितिले पनि एक रास्ट्र प्रेमी नागरिक को परिचय गराउनेछ ,साथै उपस्थित हुन नसक्नुनुहुनेको प्रतिनिधित्तोव गर्नेछ। आफ्नो वोरपर चिनजान मा हुनुभएका जापानिज साथीहरुलाई पनी संगै लिएर औनुस है। ताकी उहाहरुले हामीलाई अझै नजिकबाट चिन्ने मौका पाउनुहुनेछ र हाम्रो अत्मियता अझै प्रगाढ बन्नेछ। जसको फल्स्वोरूप भोलिको दिनको सहकार्य मा सहजता हुनेछ।

फेस्टिवल आयोजना स्थान
Place: エディオン久屋広場名古屋 〒460-0008 愛知県名古屋市中区栄3丁目65

EDION Hisaya Hiroba Nagoya 〒460-0008 Aichi Prefecture Nagoya City Naka Ward Sakae 3-65

नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमिति सभापतिमा केशव श्रेष्ठ निर्वाचित

काठमाडौ,मंसिर ८: नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमिति सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्। आफ्नो बाल्यकाल देखि नै नेपालि काग्रेसको राजनीतिमा होमिएका श्रेष्ठ निकै सरल तथा सम्पुण अर्घाखाँची बासीको मन मुटुमा अटाउन सफल भएका थिए त्यसको परीणाम आज देखिएको छ। राजनीतिमा आफ्नो जिवननै सुम्पिएका श्रेष्ठ अबिबाहित हुन् । उनले राजनीतिलाई पेशा बनाउनु हुदैँन भन्ने मान्यता राक्दछन।

पछिल्लो समयमा सभापतिको उमेद्द्बार बाट नाम हटाउन उनलाई जिल्ला तथा केन्द्रबाट दबाब नआएको भने होईन तर उनले आफ्नो एक मात्र भोट आएपनि चुनावि मैदानमा उत्रिन्छु हार जित सहर्ष स्वीकार गर्नेछु भन्दै मैदानमा होमिएका थिए । सबै शीर्ष नेताहरु एक ठाउँमा हुदा पनि उनि मेरो सामु सबै अर्घाखाँची बासि हुनुहुन्छ भन्ने विस्वास लिई अगाडी बढेका श्रेष्ठ अन्तत सफल पनि भए। श्रेष्ठले ७ सय ३१ मत ल्याएर सभापति जितेका हुन्। उनका प्रतिस्पर्धीहरू ईन्द्रमणि पौडेलले जम्मा ३ सय ५२ मत मात्रै ल्याएका थिए भने यादव घिमिरेले ३ सय ९ मत ल्याएका थिए। सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

हाइड्रोपावर कम्पनीहरू हकप्रद र लाभांश घाेषणा गर्दै

काठमाडौ,भाद्र २५: तातेको बजारलाई थप तताउने मनसायले जलविद्युत परिसूचक उच्च विन्दुमा रहेको बेला जलविद्युत कम्पनीहरुले हतार हतार लाभांश र हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन्। नेपालको शेयर बजार, बोनस शेयर र हकप्रद घोषणाले उचालिने हुँदा जलविद्युत कम्पनी सञ्चालकले साधारण लगानीकर्ताको सोही सेन्टिमेन्टलाई ‘क्याच’ गर्न खोजेको देखिन्छ।साधारणतया जलविद्युत कम्पनीहरुले दशैं तिहार पछि मात्र साधारण सभा गर्ने गरेको भए पनि पछिल्लो समय भदौदेखि नै धमाधम लाभांश घोषणा गर्न थालेका हुन्। ऊर्जा नियमन आयोगले जलविद्युत कम्पनीलाई कम्पनीको ऋण तिर्न पनि हकप्रद शेयर निष्काशन गर्न दिने सम्बन्धी मस्यौदामा राय सुझावको लागि आह्वान गरेपछि यस्ता कम्पनीका शेयरको माग बढ्न थालेको हो।

सोही निहुँमा बढ्न थालेको बजारमा हालसम्म ५ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन्। अधिकांशले सञ्चित नाफा समेतलाई जोडेर उच्च लाभांश घोषणा गरेका हुन्। लाभांशमा पनि बोनस शेयरलाई प्राथमिकतामा राखेका छन्। बोनसको साथमा अधिकांशले हकप्रद शेयर समेत दिने घोषणा गरेका छन्। हकप्रद शेयर घोषणामा समेत प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म सबैभन्दा बढी ङादी ग्रुप पावरले १ बराबर २ को अनुपातमा हकप्रद घोषणा गरेकाे छ भने अरुण काबेलीले १ बराबर १ को अनुपातमा घोषणा गरेको छ। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २ बराबर १ को अनुपातमा हकप्रद शेयरको घोषणा गरेका छन्। सबैभन्दा कम अपि पावरले ३९ प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरेको छ। विद्युत नियमन आयोगले भने जलविद्युत कम्पनीले हकप्रद घोषणा गरे पनि आयोगबाट स्वीकृति पाउने/नपाउने भने अझै निश्चित नभएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले बताए। आयोगले ऋण तिर्नलाई हकप्रद दिनेसम्बन्धी निर्देशिका हालसम्म नबनेकोले सचेत भएर लगानी गर्न आग्रह गरे।यसअघिको बुलमा अपि पावरले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका थिए। तत्कालीन बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले हकप्रदको रकमको प्रयोजन खुलाएर मात्र निवेदन दिन भनेपछि बोर्डले एकैचोटी १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्न नदिएर आंशिक रुपमा क्रमैसँग हकप्रद निष्काशन गर्न स्वीकृति दिएका थिए। सोही अनुसार नै अपीले पछिल्लोपटक ३९ प्रतिशत हकप्रद शेयर घोषणा गरेको हो। अपी पावरको शेयर प्रति कित्ता ९ सय रुपैयाँसम्म पुगेको थियो।

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ,साउन १९ : तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियाे । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम, सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ ।

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौ,साउन १९ : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।
उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी-२० अन्तर्राष्ट्रिय र ट्वान्टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । उनले १० खेलबाट ३१५ रन बनाएका छन् । त्यस्तै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ७९९ र ट्वान्टी-२० मा ५६ खेलमा १ हजार ३ सय ७७ रन बनाएका छन् । ३३ वर्षे उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो भने २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब

प्रेस बिज्ञप्ती :
बिदेशमा रहेका सारा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको मातहतमा रहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले आफ्नै बिधान र जारी निर्देशिका एवं समय तालिका समेतको उलंघन गर्दै एनसिसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भिर अनियमितता गरेको नेपाली जनसंपर्क समिती साउदी अरबको ठहर रहेकाले गठित निर्बाचन समिति (संयोजक जोन अर्याल र सदस्यहरूमा नारायण पासवान र रमेश भण्डारी रहेको समिति) बाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निस्पक्ष छानबिन गर्न गराउन जोडदार माग गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि पत्राचार गरिएको कुरा साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दछौं ।

अनियमितताहरूः
१.स्थानिय, क्षेत्रिय र राष्ट्रिय समिति सबै तहका अधिवेशनमा नयां कार्य समिति चयन गर्नका लागि प्रथमतः बिधान बमोजिमको मतदाता सूचि अधिवेशन तथा निर्वाचन समय तालिका बमोजिम सार्वजनिक हुनुपर्नेमा स्थानिय र क्षेत्रिय समितिका कुनै पनि तहको निर्बाचन मतदाता सूची प्रकाशन नगरिकनै अधिवेशन गरिएको ।
२.प्रत्येक क्षेत्रिय समितिहरूको अधिवेशन सुसम्पन्न गरेपछि मात्रै राष्ट्रिय समन्वय परिषदको अधिवेशन गर्नुपर्ने (बिधानमै लेखिएको)मा मध्य क्षेत्र रियाध (राजधानी शहर)को क्षेत्रिय समितिको अधिवेशन आह्वान गरिएता पनि स्वेच्छाचारी ढंगमा बिधान बिपरित अधिवेशन स्थगित गरी राष्ट्रिय अधिवेशनमा गएको । क्षेत्रकै निर्वाचन गराउन असफल र असक्षम ब्यक्तिहरू नै राष्ट्रिय अधिवेशन गराउन लागेको, राजिनामा नगरेको ।
३.निर्वाचन समिति स्वयमले जारी गरेको समय तालिका बमोजिम गतः ९ जुलाइ २०२१ (निर्वाचन कार्य तालिका तथा आचार संहिता बुंदा नम्बर ४) मा सार्वजनिक गरिएको मतदाता सूची निकै ढिला गरी हिंजो २६ जुलाइमा सार्वजनिक गरेको, सूची अधुरो, अपुरो र अस्पस्ट रहेको, सम्पूर्ण मतदाताहरूको संख्या र नामावली अझै सार्वजनिक नभएको ।
४.प्रकाशित मतदाता सूची समेतमा ब्यापक रूपमा मनोमानी र धांधली भएको, निर्वाचन समितिले नचाहेका, फरक र स्वतन्त्र बिचार राख्नेहरू (बिशेष गरि राजनीतिक दलका भात्री संगठनका सदस्यहरु) लाइ मतदानको अधिकार बाटै समेत बञ्चित गरिएको ।
यसर्थ, बर्तमान निर्वाचन समितिले उल्लेखित बुँदाहरुलाइ तत्काल सच्याएर महाधिवेसन प्रक्रियामा अघि बढोस र यसमा मध्यपूर्व क्षेत्रीय संयोजक ज्यु लगायत आइसीसी अध्यक्ष ज्यु र सिंगो गैर आवासीय नेपाली संघको ध्यानाकर्षण होस् भन्ने हाम्रो माग र अनुरोध छ । यस बिषयमा गैर आवासीय नेपाली संघ साउदी अरब, बर्तमान निर्वाचन समिति, मध्यपूर्व संयोजक, आइसिसी अध्यक्ष लगायत अन्य आइसीसी लेभलका जिम्मेवार पदाधिकारीहरुले बेवास्ता गरि पेलेरै जाने, साउदी अरबमा रहेका कुनै पनि राजनीतिक दलका भात्री संगठनहरु लगायत नेपाली संघ संस्थाहरुसंग समन्वय तथा सहकार्य नगरी अगाढी बढ्ने नियत लिएमा र आइसिसीले समेत यस्ता कुप्रबृत्ती र अनियमितताहरूलाइ स्वीकार्दै, मान्यता दिंदै गएको खण्डमा भने नेपाली जनसंपर्क समिती साउदी अरबले यो संस्थालाइ नै नमान्ने र यसलाइ समाजबाटै बहिस्कार गर्न बाद्य हुनेछौं र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आठौँ महाधिवेसनमा समेत नेपाली जनसंपर्क समिती साउदीअरबको सहभागिता / उपस्थिती नहुने ब्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौं र एन.आर.एन.ए. साउदी अरब भित्र देखिएको चरम ब्यक्तिबादी सोच, केही ब्यक्तिहरुको मनोमानीतन्त्र र बिधी बिधान बिपरित हुँदै गरेको महाधिबेशन लगायत अन्य कार्यहरुको हाम्रो बिरोध र खबरदारी सधैं रहनेछ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छौं । धन्यवाद नेपाली जनसंपर्क समिति साउदि अरब

मन्त्री पाण्डेको स्वास्थय अवस्था गम्भीर

काठमाडौ,साउन १३ : लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी परेकी छन् । आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य बनेकी पाण्डे पहिलो पटक गत वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्री नियुक्त भएकी थिईन् । आइतबार दिनभर विभिन्न कार्यक्रममा सहभागि भएकी पाण्डे रातीदेखि अचानक विरामी परेपछि रुपन्देहीको भैरहवा र बुटवलहुँदै काठमाडौं पुर्‍याईएको हो । मन्त्री पाण्डेका पति नवराज लम्सालले चिकित्सकले उनलाई न्युरोसम्बन्धी रोग (जिडिएस) भएको जानकारी गराएको र सोही अनुसार उपचार भईरहेको बताएका छन् ।
चिकित्सकले ईम्युनोसिस्टम कमजोर बन्दै गएर खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएको बताए पनि के कारण यस्तो भएको भन्ने यकिनसाथ भन्न नसकिएको लम्सालले जानकारी दिए । ‘के कारण यस्तो भएको हो चिकित्सकले पनि यसै भन्नुभएको छैन, कोभिड विरूद्धको खोपको कारण पनि यस्तो समस्या देखिन सक्ने बताउनुभएको छ,’ लम्सालका अनुसार मन्त्री पाण्डेले गत असार २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिशिल्डको दोस्रो डोज खोप लगाएकी थिईन् । खोप लगाएको तीन सातासम्म खोपको असर नदेखिए पनि २१ दिनपछि अचानक खुट्टा नचल्नुका साथै शरीर शिथिल बन्दै गएको थियो । मन्त्री पाण्डे गत आईतवार दिनभर रूपन्देहीमा महिलाले सञ्चालन गर्न लागेको अस्पतालको शिलान्यास कार्यक्रममा सहभागि भएकी थिईन् । साँझ खाना खाएर सुत्ने समयमा अचानक दुवै खुट्टाको घुँडादेखि तल झमझम बन्दै चल्न बन्द भएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा लगिएको थियो । पछि मुटुको समस्या हुनसक्ने भन्दै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याईएको थियो । भैरहवा र बुटवलमा परीक्षण र उपचार गर्दा नशासम्बन्धि समस्या देखिएपछि उनलाई काठमाडौं लगिएको पति लम्सालले बताए । शुरूमा खुट्टाको घुँडादेखि तल नचल्ने हुँदै उनको अहिले झमझम गर्ने र नचल्ने क्रम कम्मरसम्म पुगेको छ।मंगलबारदेखि भने कमजोर बन्दै गएको ईम्युनोसिस्टम बढाउने सुई लगाउन शुरु गरिएको लम्सालले बताएका छन् । ईम्युनोसिस्टम बढाउने एउटै सुईलाई १८ हजार पर्ने र दैनिक ६ वटा सुई लगाउनुपर्दा उपचारमा आर्थिक समस्या भएको उनले बताए । ‘चिकित्सकले एकै दिनमा सवालाखको सुई मात्रै लगाउनुपर्छ भन्नु भएको छ, उपचार पद्धति महंगो भए पनि कहिलेसम्म रोग निको हुन्छ भनेर चिकित्सकले पनि भन्न सक्नुभएको छैन’, उनले भने ।

इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन खुलेको छ । यस्तो छ अनलाईन फर्म भर्न तरिका

काठमाडौ,साउन १३ : इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन खुलेको छ । यो रोजगारी कुनै मेनपावर कन्सलटेन्सी ले पठाउने होइन सिधै नेपाल सरकार मार्फत अनलाइन फर्म भरी योग्यता पुगेका र क्षमता भएका जान सक्नुहुन्छ । अंग्रेजी भाषा राम्रो भए पुग्ने हिब्रु भाषा पढ्न नपर्ने भनेको छ कसैले अनावश्यक आस्वासन दिईएर पैसा नबुझाउनु होला साबधानी रहनु होला।

कृपया अनलाइन फाराम भर्नका लागि सर्वप्रथम यो प्रणालीमा रजिस्टर गर्नु होला ।

इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्ने सम्बन्धि अत्यावश्यक नियम तथा शर्त
१. आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२. आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४. आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ ।
५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।
६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ ।
७. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने छ ।
८. कृपया अनलाइन फाराम भर्नका लागि सर्वप्रथम यो प्रणालीमा रजिस्टर गर्नु होला ।

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपिओ निष्काशन गर्दै

काठमाडौ,साउन १२: सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।जस मध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कितात सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ ।
कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । बोर्डले असार ३१ गते बिहिबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।

आफ्रिदि काठमाडौं किङ्गसबाट इपिएल खेल्ने

काठमाडौ,साउन १२: पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान साहिद आफ्रिदिले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किङ्गस-११ को प्रतिनिधित्व गर्ने भएका छन्।इपिएलले प्रेस विज्ञप्ति जारी गर्दै “बुम-बुम” उपनाम पाएका आफ्रिदिले काठमाडौंबाट इपिएल खेल्ने खबर सार्वजनिक गरेको हो।
क्रिकेटले पाएको उत्कृष्ट खेलाडी मध्यका एक आफ्रिदिलाई इपिएलमा अनुबन्ध गर्न पाँउदा निकै उत्साहित रहेकोे काठमाडौंका मालिक रोहित गुप्ताले जनाए। यस्तै आफ्रिदिको अनुबन्धमा इपिएलका सिइओ आमिर अख्तरले पनि काठमाडौंलाई बधाई दिएका छन्।३७ बलमा सतक बनाउँदै विश्व कीर्तिमान रचेका आफ्रिदि आक्रमक ब्याटिङ र लेग स्पिन बलिङ गर्ने गर्दछन्। ४१ बर्षिया आफ्रिदिलाई क्रिकेट जगतको उत्कृष्ट खेलाडीहरु मध्य एक मानिन्छ।

Exit mobile version