राष्ट्रिय

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

0Shares

काठमाडौ,जेठ १८ : काठमाडौं उपत्यकाका तिन प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन् । यसका लागि दिउँसो ४ बजे बैठक राखिएको छ । हालसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको उपत्यकाका अधिकारीहरुको भनाई छ । अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरुमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज थप छलफल हुदै छ । बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन सुरु गरिएकोमा गत सातादेखि थप कडाई गरिएको थियो । यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारी साधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।

0Shares