राष्ट्रिय

नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमिति सभापतिमा केशव श्रेष्ठ निर्वाचित

0Shares

काठमाडौ,मंसिर ८: नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमिति सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्। आफ्नो बाल्यकाल देखि नै नेपालि काग्रेसको राजनीतिमा होमिएका श्रेष्ठ निकै सरल तथा सम्पुण अर्घाखाँची बासीको मन मुटुमा अटाउन सफल भएका थिए त्यसको परीणाम आज देखिएको छ। राजनीतिमा आफ्नो जिवननै सुम्पिएका श्रेष्ठ अबिबाहित हुन् । उनले राजनीतिलाई पेशा बनाउनु हुदैँन भन्ने मान्यता राक्दछन।

पछिल्लो समयमा सभापतिको उमेद्द्बार बाट नाम हटाउन उनलाई जिल्ला तथा केन्द्रबाट दबाब नआएको भने होईन तर उनले आफ्नो एक मात्र भोट आएपनि चुनावि मैदानमा उत्रिन्छु हार जित सहर्ष स्वीकार गर्नेछु भन्दै मैदानमा होमिएका थिए । सबै शीर्ष नेताहरु एक ठाउँमा हुदा पनि उनि मेरो सामु सबै अर्घाखाँची बासि हुनुहुन्छ भन्ने विस्वास लिई अगाडी बढेका श्रेष्ठ अन्तत सफल पनि भए। श्रेष्ठले ७ सय ३१ मत ल्याएर सभापति जितेका हुन्। उनका प्रतिस्पर्धीहरू ईन्द्रमणि पौडेलले जम्मा ३ सय ५२ मत मात्रै ल्याएका थिए भने यादव घिमिरेले ३ सय ९ मत ल्याएका थिए। सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

0Shares