जापान बिशेष

आउदो September ३ र ४ गते जापानको नागोयामा नेपाल फेस्टिबल हुदै

0Shares

यही september ३ र ४ तारिक मा नेपाली राजदुताबास जापान, NRNA नागोया को संयुक्त आयोजना साथै ,नागोया शी को सहयोगार्थ मा आयोजनाहुन गइरहेको
दोस्रो नेपाल फेस्टिबल नागोया २०२२ लाई भब्यताको साथ सफल पारौ।

आफ्नो रास्ट्र को पहिचान बिदेशी भुमि मा झल्काउन र हाम्रा अथाह कला सस्कृति लाई बिश्व सामु चिनाउने यो सुनौलो अबसर मा हामी नेपाली संपुर्ण को उपस्थिति अपरिहर्य रहनेछ।

नेपाली नागरिक को हैसियत ले परदेस या स्वदेश मा रहेर हरपल हामीले महसुस गर्ने कुरा हो कि मेरो देस आकार मा सानो छ तर, सानो आकार भित्र मापन गर्न नसक्ने मेरो देसका सम्पदा हरु अनागीन्न्ति छन्।

जस्तै : बहुजाति , बहुभाषिक ,बहुसस्कृतिक ले धनि मेरो राष्ट्र चार जात छतीस बर्ण को साझा फुलबारी हो ।
मेरो देसको स्वादिलो खाना ,जलश्रोत को भण्डार , हामो गौरब को शान बिश्व कै अग्लो शिखर सगरमाथा, शान्ति का अग्रदुत गौतम बुद्ध को जन्मस्थान , कलकल बग्ने नदि नाला , हरियाली बनजंगल को सुन्दरतामा शितलता प्रदान गर्दै बग्ने ति छहरा , बिश्व कै अग्ला स्थानमा रहेका अनागीन्न्ति तालतलैया हरु , बहादुर नेपाल आमाका सपुतहरु को जन्म स्थल मा जन्म लिन पाएका हामी नेपाली कति भाग्यमानी

EVENT DETAILS

प्रकृति ले नै चिटिक्क पारेर सजाईदिएको मेरो देस भनेर आज हामी सबैले आफैमाथि गौरब महसुस गर्दै हिड्न पाएका छौ। साच्चिकै हामी सुन्दरता , निस्छलता , अत्मियता, मित्ब्ययीता, सस्करिक दृस्टी ले सायदै बिश्व मै सर्बोत्क्रिस्ट छौ।

सामुन्द्रिक सतह देखि अग्लो शिखर सगरमाथा को चुचुरो सम्म प्रकृति ले नै चिट्टिक सिगरिदिएका अनागीन्न्ति संरचना ले धनि मेरो देस नेपाल को नागरिक हु भनेर हर पल गौरब महसुस गर्ने भाग्यमानी नेपाली हौ हामी। मेरो देसको बयान गरेर नै सकिदैन।

तसर्थ , हमिले महसुस गर्ने आनन्द , र हाम्रो राष्ट्र को पहिचान , सगौरब प्रस्तुत गरौ।
ताकी हाम्रा प्रस्तुति ले हाम्रो देस बिस्व सामु परिचित बनोस। ति हरेक नागरिक लाई आफ्नो जीवनकालमा एकपटक नेपाल पुग्नुपर्छ भन्ने भाब जागोस।

नागोया मा आउन सक्ने सम्पूर्ण महानुभाब हरुलाई सकेसम्म समय मिलाएर उपस्थिति को लागी अनुरोध को साथै सादर निमन्त्गत्रणा गर्न चाहन्छौ र दोस्रो नेपाल फेस्टिबल नागोया २०२२ लाई भब्यताको साथ सफल पारौ।

आउनुहोस यही september ३र ४ तारिक मा हुन गइरहेको दोस्रो नेपाल फेस्टिबल नागोया २०२२ लाई भब्यताको साथ सफल पारौ।
जापानको बिभिन्न स्थान मा अबस्थित बिद्यार्थी भाइ बहिनि हरु , बुवाआमा , दिदीबहिनी,तथा दाजुभाई सम्पूर्ण मा सादर निमन्त्रणा गर्न चाहन्छौ।
यहाहरुले आफुमा भएको प्रतिभा प्रदर्शन गर्न सक्नुहुनेछ र सस्कृति झल्किने खालको प्रस्तुति दिन सक्नुहुनेछ।
आफ्नो ठाउँ बाट जे प्रतिभा प्रस्तुत गर्न सक्नुहुन्छ त्यो गरेर अथवा यहको उपस्थितिले पनि एक रास्ट्र प्रेमी नागरिक को परिचय गराउनेछ ,साथै उपस्थित हुन नसक्नुनुहुनेको प्रतिनिधित्तोव गर्नेछ। आफ्नो वोरपर चिनजान मा हुनुभएका जापानिज साथीहरुलाई पनी संगै लिएर औनुस है। ताकी उहाहरुले हामीलाई अझै नजिकबाट चिन्ने मौका पाउनुहुनेछ र हाम्रो अत्मियता अझै प्रगाढ बन्नेछ। जसको फल्स्वोरूप भोलिको दिनको सहकार्य मा सहजता हुनेछ।

फेस्टिवल आयोजना स्थान
Place: エディオン久屋広場名古屋 〒460-0008 愛知県名古屋市中区栄3丁目65

EDION Hisaya Hiroba Nagoya 〒460-0008 Aichi Prefecture Nagoya City Naka Ward Sakae 3-65

0Shares