अन्तराष्ट्रियजापान बिशेष

नेपाल सहित भारत र पाकिस्तानबाट जापान प्रवेशमा प्रतिबन्ध

0Shares

जापान, May 12: कोरोना भाइरसको महामारी बढेपछि जापानले नेपाल सहित भारत र पाकिस्तानबाट जापान प्रवेश गर्न नदिने भएको छ । बुधबार जापानी मिडियाहरुमा प्रकाशित समाचारअनुसार जोखिम नियन्त्रणका लागि जापान सरकारले यस्तो निर्णय लिएको हो । यस अघि नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुहरुमाथि कडा क्वारिन्टिन सहित प्रबेश गर्न दिइएको थियो ।

यस पटकको प्रवेश प्रतिबन्धमा पूनः प्रवेशको अनुमति (रि–इन्ट्रि परमिट) पाएकाहरु पनिआउन नपाउने नियम लागू गर्न लागिएको भन्दै टिबिएस न्युजले समाचार छापेको छ । नेपाल, भारत र पाकिस्तानमा बसोबास गर्दै आएका जापानी नागरिकहरुलाई भने जापान प्रवेशमा रोक लगाइएको छैन । यस बिषयको आन्तिम निर्णय आज गरिने बताईएको छ ।

Source: TBS NEWS, https://news.tbs.co.jp/newseye/tbs_newseye4266845.html

0Shares