राष्ट्रिय

एउटै विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,चैत २६: बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई को’ रोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ न’ गरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना सं’ क्रमण पुष्टि भएको हो ।संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

संक्रमितहरु छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेको प्रमुख ख’नालले बताउनुभयो । उहाँले दुई जना विद्या’र्थीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सं’क्र’मण देखिएपछि अन्य लक्षण देखिएका छ जना विद्यार्थीको पनि स्वाब परीक्षण गर्दा उनीहरुलाई पनि सं’ क्रमण पुष्टि भएको बताउनुभयो ।

0Shares