पुंजीबजार

एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

0Shares

काठमाडौ,जेठ २७ : हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) (HIDCL) निष्काशन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ २८ गते एक दिन बुकक्लोज गर्नेछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन् ।
२०७५ पुस ३० गते सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

0Shares