ओली सरकार को चीत्रण
काठमाडौँ, माघ २१: नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारलाई जंगलीराज सुरु गरेको भनी बतायका छन् । प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलीराजको शुरु भएको अनुभुती भएको बताएका छन । हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे, तरपनि हामी जनताकै घरदैलोमा थियौँ, आज ओली नेतृत्वको सरकारचाहिँ जंगली राजमा चलेको छ’, प्रचण्डले भनेका छन। बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको पनि बताए । हिजो बहिर्गमित जनमुक्ति सेना र उनीहरुको परिवारलाई वृद्धि विकास गरौँ भन्दा लाठीचार्ज र प्रचण्डको चेलाचपेटा भन्दै बेवास्ता गर्ने ओलीले अहिले पार्टी फुटेपछि चाहिँ तिनै बहिर्गमित जनमुक्ति सेना खोज्न थालेको प्रचण्डले आरोप लगाएका छन । उनले ओलीले अहिले आफूलाई समेत जोडेर ‘कालीबहादुर खाम कहाँ छन्, प्रचण्डले के हेरेको छ ? भन्ने गरेको सुनेको भन्दै ‘के केपीले हेर्छन् जस्तो लाग्छ ?’ भनेर उनले प्रती प्रश्न समेत गरे ।
ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको दावी समेत गरे । अपमानित र बद्नाम गर्ने टिमले हाम्रा योद्धाहरुलाई माया गरेर भनेको हो त ? होइन’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले रगतको नाता ठुलो हुन्छ भनिएजस्तै दलीय र युद्ध संघर्षको नाता त्यो भन्दा ठुलो हुने बताए । ‘यसरी अपमान गर्नेहरुले यो गर्छु र त्यो गर्छु भनेर हुन्छ ? यो सबै षड्यन्त्र र जालझेल हो’, प्रचण्डले भने । प्रतिगमन,प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले आफू अहिले फेरि सडकमा आएको र मैले हिम्मत हारेको छैन । पहिला त हामीले १० वर्ष लडेका हौँ तर अहिले पर्दैन, १० महिना पनि पर्दैन ,हामीले जित्छौँ र जित्नैपर्छ’, आन्दोलनमा फेरि सहभागी हुन आग्रह गर्दै प्रचण्डले सरकारले अहिले जे मनलाग्यो त्यही गरिरहेको बताए ।
उनले जनमुक्ति सेनाका समस्याबारे आफू सचेत रहेको भन्दै अब आफ्नो लागि नभई मुलकमा समाजवादका लागि जीवन बिताउने बताए । ‘म दुई पटक प्रधानमन्त्री भएँ, तर म एक्लै प्रधानमन्त्री भइनँ, पहिलो चोटी एमाले र दोस्रो चोटी काँग्रेसको साथमा प्रधानमन्त्री भएँ तर त्यसबेला सहयात्रीले खुट्टा झिक्दा ढलिहाल्ने स्थिति थियो’, उनले भने । त्यतिबेला जनमुक्ति सेनालाई राहत, सम्मान र जागिर दिन मन लागेपनि नसकेको प्रचण्डको भनाइ छ ।