केपी शर्मा ओली र नेपाल बिचको भेटघाट सकारात्मक
काठमाडौ,असार २४: एमालेभित्र आन्तरिक विद्रोहको तयारीमा रहेका माधव नेपाललाई फकाउने कसरतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधवार असफल भएका छन्।एक घण्टा एक्ला एक्लै भेटघाटमा रहेका ओली नेपालबीच पावर सेयरिङमा कुरा नमिलेपछि ओली बुधवारका लागि असफल भएका हुन्।
खास गरी ओलीले दोस्रो अध्यक्ष वा महाधिवेशनपछिको अध्यक्ष मध्ये एक रोज्न भने पनि नेपालले अहिलेलाई नेता कार्यकर्ताहरूको सम्मानजनक एकता र दोस्रो अध्यक्ष हुँदा निर्वाचन आयोग लगायतका स्थानमा दुवै जनाको हस्ताक्षर चल्ने गरी शक्तिको बाँडफाँड गरौँ भनेपछि ओलीले त्यो विषयमा सहमति जनाउन सकेनन्।‘उहाँहरूबीच खास शक्ति बाँडफाँडमा कुराकानी मिलेन, साङ्गठनिक र विधान संशोधन लगायतका विषयमा कार्यदलले सहमति गरिसकेको छ’, एमाले स्रोतले भन्यो । करिब ५५ दिनपछि उनीहरूबीच कुराकानी हुँदा पनि ओली सकारात्मक नबनेको नेपाल पक्षको दाबी छ भने ओली पक्षले नेपाल आफै रिजिट भएर प्रस्तुत भएको दाबी गरेका छन् ।