अन्तराष्ट्रिय

चिनियाँ खोप लगाउने आज अन्तिम दिन

0Shares

काठमाडौ,वैशाख ५: कोभिड -१९ बिरुद्धको चिनियाँ खोप पहिलो डोज लगाउने पहिलो चरणको कार्यक्रम आज अन्तिम दिन रहेको छ। सरकारले गत २५ चैत देखि यो खोप काठमाडौँ उपत्यकाका तीन सहित सात जिल्लाका तोकिएका उमेर र कार्यक्षेत्रसंग सम्वन्धित व्यक्तिलाई दिने गरि शुरु गरेको थियो । तर, ३१ चैत देखि त्यहि सात जिल्लाका २३ वटा खोप केन्द्रबाट ४० देखि ५९ बर्ष उमेर समूहका आम सर्वसाधारणलाई पनि खोप अभियानमा सहभागी हुन आव्हान गरेको थियो ।पछिल्लो तीन दिन यता भने जिल्लाहरुले निजी अस्पतालहरुलाई समेतमा खोप केन्द्र थपेर १८ देखि ५९ वर्ष उमेर समूहका सबै सर्वसाधारणले चाहेको खण्डमा खोप लगाउन सक्ने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार शनिबारसम्म कुल ९२ हजार २२३ जनाले भेरोसेल खोप लगाएका छन् । यस्तै भेरोसेल र कोभिसिल्ड समेत गरी देशमा अहिलेसम्म कुल १९ लाख १२ हजार बढीले पहिलो डोज खोप लिएका छन् ।स्वास्थ्य मन्त्रालयले गत ४ माघ देखि १० फागुनसम्मको पहिलो डोज कोभिसिल्ड खोप लिएकाहरुलाई आउदो ७ देखी ११ बैशाखसम्म दोस्रो डोज खोप दिदै छ । आज लगाएर बाँकी रहने भेरोसेल खोपको विषयमा ११ बैशाख पछि निर्णय हुने डा गौतमले बताए ।चीन सरकारको अनुदान सहयोगमा ८ लाख डोज भेरोसेल गत १६ चैतमा काठमाडौँ आइपुगेको थियो । दुई डोज लगाउनुपर्ने यो खोपको परिमाणले ४ लाख जनतालाई लगाउन पुग्नेछ ।

0Shares