झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडौ,वैशाख १८ :पूर्व प्रधान्मन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ। उनमा आजै संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
‘कोरोनाको सामान्य लक्षण देखिएको छ। अवस्था सामान्य नै छ’, उनले भने। अहिले उनलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ।