पुंजीबजार

दुई लघुवित्तको बोनस शेयर सूचीकृत

0Shares

काठमाडौ,असार २१: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार निर्धन उत्थान र स्वरोजगार लघुवित्तको गरी कुल २४ लाख ३ हजार ४२१ द्यशमलव ७७ कित्ता बोनस सूचीकृत भएको छ ।नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्तको चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १९ लाख ५० हजार कित्ता र स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशतले हुन आउने ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस सूचीकृत भएको हो ।सोमबार सूचीकृत दुबै कम्पनीको बोनस बुकक्लोज मितिसम्म कायम रहेका लगानीकर्ताले मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन ।

सूचीकृत बोनस सम्बन्धीत कम्पनीको साधारण सभाका लागि शेयर दाखिल खारेजी मिति (बुकक्लोज) को अघिल्लो कारोबार दिनसम्म कायम शेयर लगानीकर्ताले मात्र पाउनेछन् ।निर्धन उत्थानको २०७७ फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो भने साधारण सभाका लागि फागुन ११ गतेदेखि लघुवित्तले बुकक्लोज गरेको थियो ।यसैगरी स्वरोजगार लघुवित्तको फागुन २५ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो भने साधारण सभाका लागि फागुन १५ गतेदेखि लघुवित्तले बुकक्लोज गरेको थियो ।

0Shares