पशुपतिमा श्राद्ध गर्नेको भीड
काठमाडौँ — दिवंगत पितृकाे सम्झनामा गरिने सोह्र श्राद्ध शनिबारबाट सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमादेखि असाेजको कृष्ण पक्षका १५ दिन औंसीसम्म साेह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा सोह्र श्राद्ध सुरु भएकैदिन बिहानैदेखि श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ ।
पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ।
source: https://ekantipur.com/video/2019/09/15/156852545389713359.html