प्रचण्ड–नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने
काठमाडौँ माघ ५: नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सडकमा आउन सवैलाई अपिल गरेका छन् । सोमबार आध्यक्षद्वय प्रचण्ड र नेपालले एक अपील जारी गर्दै संसद् विघटन गर्ने ओलीको कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको अवस्थामा सम्पूर्ण न्याप्रेमी जनतालाई सडकमा आएर ‘प्रतिगामी’ कदम असफल पार्न आग्रह गरेका छन् ।
‘प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन सकिरहेका छैनन् । प्रतिनिधिसभालाई अचेत बनाएका छन् र न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की दिइरहेका छन्’, प्रचण्ड ओलीको अपिलमा भनिएको छ, ‘यस्तो अवस्थामा राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुनस्र्थापना गर्नु बाहेक अर्को विकल्प देखिँदैन ।’ प्रचण्ड–नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शनको तयारी गरेको छ ।