फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौ,असार १० : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने गरेकाे निगमकाे विज्ञप्तिमा उल्लेख छ ।