माघ १ गते सार्वजनिक बिदा
काठमाण्डौ, पुस २६: सरकारले माघ १ गते माघे सङ्क्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन् ।