राष्ट्रिय

मास्क प्रयोगमा कमी

0Shares

काठमाडौँ,माघ २३: कोरोना भाइरसको सङ्क्रमणसँगै बढेको मास्कको प्रयोग एकाएक घटेको छ । पहिले मास्क नलगाएको मानिस बिरलै देखिने सहर/बजारहरुमा अहिले भने मास्क लगाएका मानिस थोरै मात्र देखिन थालेका छन् । पसलमा पनि पहिलेजस्तो मास्कको कारोबार हुँदैन । मास्क उद्योगको उत्पादन पनि घटेको छ ।ललितपुर महा नगरपालिका, ढोलाईटीका सुमन खनाको सर्जिकल मास्क उद्योग सञ्चालनमा छ । उहाँको उद्योगले दैनिक दैनिक १८ देखि २५ हजार थान मास्क उत्पादन गर्छ । उद्योग सञ्चालनमा आएको १.५ वर्ष भयो ।  उहाँको कायस्थको उद्योगमा उत्पादन हुने मास्कको बजार मूल्य ४ देखि ९ रुपैयाँ पर्छ । 

कोभॆड १९ का कारण मानिसहरुले मास्क लगाउने र व्यापार फस्टाउने आशाले उहाँले ब्यबसाय सञ्चालन गर्नुभएको थीयो  । व्यापार राम्रो हुँदै थियो । कोरोनाका कारण धेरैजसो व्यापार, व्यवसाय सन्चालन नभएको बेला पनि उहाँको व्यापार दिन दुई गुणा रात चार गुणा भयो । तर पछिल्लो समय मास्कको प्रयोगमा कमी आउन थालेकोले उहाँलाई ब्यबसाय कमी भयको महसुस हुन् थालेको छ ।नेपालमा कोरोनाको खोप भित्रिएसँगै आम जनताले मुखबाट मास्क निकाल्न थालेका छन ।पछील्लो समयमा चीनलगायतका देशबाट मास्क भित्रने क्रम बढ्दो छ । नेपाली ले बाहिरी देशबाट आयका सामान सग्ग़ प्र्तीस्पर्दा गर्न नसकेका कारण नेपाली उत्पादन पछी परेको समेत उनले जनायका छन। त्यसको लागी नेपाली मास्कका लागि आवश्यक कच्चा पदार्थ आयातमा छुट दिनुपर्ने उहाँ बताउनुहुन्छ ।  

चीन लगायत बाहीर बाट आयातित मास्क १५ प्रतिशतमा भन्सारबाट छुट्छ । कच्चा पदार्थमा भने ३५ प्रतिशत भन्सार महसुल लाग्छ । बाहिरी देसमा एकैदिन करोडौं मास्क उत्पादन गरेर सबै बजारमा पुर्याउछन । चीनलगायतका देशबाट मास्क आयात हुँदा स्वदेशी मास्कको व्यापारमा कमी आएको हो । पैलाको भन्दा अहिले मास्कको व्यापारमा ५० प्रतिशतले कमी आएको उहाँ बताउनुहुन्छ । 

हिजोआज मानिसहरुले पनि कोरोना सङ्क्रमितको संख्या कम भएसँगै  मास्कको कम मात्रै प्रयोग गर्न थालेका छन् ।’ अनि स्वदेशी सामान जति नै राम्रो भए पनि विदेशी नै राम्रो हो भन्ने मानसिकताका कारण पनि मास्कको व्यापार घटेको हुन सक्ने उहाँको बुझाइ छ  ।  हामी अझै पनि महामारीको जोखिममा नै छौँ । नयाँ  दोस्रो वेब आउन सक्ने चेतावनी विज्ञहरुले पनि दिँदै आएका छन् । ‘यस्तो अवस्थामा पनि मानिसहरुले मास्कको प्रयोग गर्न छोड्नु त अचम्मै भयो नि होइन र ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।  काठमाण्डौ उपत्यका बाहिरका मानिसले एकदमै कम मात्र मास्क लगाउने गरेका छन् । उपत्यका भित्रैकाले पनि मास्कको प्रयोग कम गर्न थालेका छन् । सरकार, विज्ञ र मिडियाले पटक–पटक मास्क लगाउन भनिरहेका छन् ।मास्कको प्रयोगले कोरोनाबाट जोगिन मात्र  नभएर अरु विभिन्न रोगबाट बच्न सकिन्छ भनेर मास्कको महत्त्व मानिसहरुले बुझ्न नसकेकोमा उहाँलाई दिक्क लाग्छ ।  कोरोनाको खोप लगाएपछि पनि मास्क लगाउनुपर्छ । दैनिक जीवनका लागि भाइरसबाट बच्न मास्क र स्यानिटाइजर निकै आवश्यक भएको बताउँदै उहाँले हात धुने बानीले झाडापखालादेखि टाइफाइड, कमलपित्तजस्ता सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्ने बताउनुभयो । सरुवा रोगसँगै धुवाँ धुलोबाट बच्न समेत मास्क लगाउन विज्ञहरुले सुझाव दिंदै आएका छन् । 
 

0Shares