पुंजीबजार

अजोड इन्स्योरेन्सको साधारण सभा आज हुँदै

0Shares

काठमाडौ,वैशाख ७ :अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज हुँदै छ। अजोड इन्स्योरेन्स लिमिटेडको आज वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण ११ बजे सभा हुँदै छ। सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले बीमा समितिको निर्देशन पछि कम्पनीको चैत्र २५ गते, बुधबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको छ। कम्पनीले चैत्र १७ गते ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको थियो । तर यो हकप्रदको सूचना बाहिरिनु भन्दा अगावै कम्पनीको आक्रामक कारोबार भइरहेको थियो । सोही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सोबोन) ले छानबिन समिती गठन गरेको थियो ।

0Shares