राष्ट्रिय

अधिवेशन अन्त्यको घोषणा

0Shares

काठमाडौ,वैशाख ६ :राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु,”  विज्ञप्तिमा भनिएको छ । 

आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

0Shares