अन्तराष्ट्रिय

अब कतारी रियाल नचल्ने

0Shares

काठमाडौ,वैशाख ७: अहिले चलनचल्तीमा रहेका कतारी रियाल २७ वैशाखपछि नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना मार्फत हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई २७ वैशाखभित्र सटही गरिसक्न आग्रह गरेको छ ।कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई अर्थात १७ असारबाट नचल्ने निणर्य गरेका कारण नेपालमा २७ वैशाखसम्म मात्रै कतारी रियाललाई सटही गरिने राष्ट्र बैंकले जनाएको छ । कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाएर नयाँ नोट जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुलाई तोकिएको मितिभित्र कतारी रियाल साटन आग्रह गरेको छ । उक्त अवधिपछि केन्द्रीय बैंक कतारी रियाल सटही गर्न बाध्य नहुने पनि सूचनामा उल्लेख छ ।नेपालका लाखौं कामदार वैदेशिक रोजगारीका लागि कतार गएका कारण नेपाल फर्किँदा उनीहरुले कतारी नोट ल्याएर राखेको हुनसक्ने आकलन केन्द्रीय बैंकले गरेको छ ।

0Shares