अन्तराष्ट्रिय

अब निजी अस्पताललमा पनि कोरोना भाइरसको खोप लगाउन पाईने

0Shares

काठमाडौ,फागुन १६: भारतमा अब निजी अस्पतालले पनि कोरोना भाइरसको खोप लगाइदिने भएका छन् । खोपको तेस्रो चरण भारतमा १ मार्चदेखि शुरु हुँदैछ । यो चरणमा निजी अस्पताललाई पनि सामेल गरिएको छ ।तर निजी अस्पतालले शुल्क लिएर खोप लगाइदिने छन् । निजी अस्पतालमा खोप लगाउँदा २५० रुपैयाँ भारु तिनुपर्नेछ ।
यो चरणमा करिब १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप लगाइने छ । यो चरणमा ६० वर्षदेखि माथिका उमेर समूहलाई खोप लगाइने छ ।त्यस्तै ४५ देखि ६० वर्षका गम्भीर बिरामीलाई पनि खोप लगाइने छ । केन्द्र सरकारका अनुसार करिब २७ करोड मानिस यो वर्गमा पर्छन् ।

0Shares