राष्ट्रिय

अब पत्रकार परिचय पत्र नविकरण अनलाइनबाटै

0Shares

काठमाडौ,वैशाख १९ : आज सूचना तथा प्रविधि दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले अनलाइन नविकरणको सुरुवात गरिएको बताएका हुँन । अब पत्रकारहरुले सूचना विभाग धाउनुनपर्ने उनको भनाई छ । उनले अनलाइन नविकरण पत्रकार तथा पत्रकारीता क्षेत्रकै ठूलो गेमचेन्जर प्रोजेक्ट रहेको मन्त्री गुरुङ्ले बताए ।

अब पत्रकारहरुले परिचय पत्र नविकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण विभागसँगको समन्वयमा यस्तो सुविधा दिन लागेको हो । अनलाइन माध्यम वाट काम गर्दा पत्रकारहरुलाई सहज हुने कुरा मन्त्री गुरुङले बातए।

0Shares