अन्तराष्ट्रिय

अमेरिकाबाट १५ लाख डोज खोप सोमबार नेपाल आउँदै

0Shares

काठमाडौ,असार २६ : अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो । खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाए हुने खोप हो ।
शनिबार दिउँसो फेसबुकमार्फत डा. भट्टराईले खोप उपलब्ध गराउन लागेको अमेरिकी सरकार र पहलकर्ताहरूलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले थप खोप ल्याउने पहलमा सरकार निरन्तर लागिरहेको पनि जानकारी गराउनुभएको छ । उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार बिहान नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो ।

0Shares