अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जित
काठमाडौं, पुस २३: राष्ट्रपतिमा जो बाइडेनको जित अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।
संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् । दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए। सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो।