खेलकुद

अमेरिकी महिला फुटबल टिमले पुरुषले सरह तलब पाउन गरेको अपिल अदालतले खारेज गर्‍यो

0Shares

एजेन्सी । अमेरिकाको महिला फुटबल टिमले पुरुष खेलाडी समान तलब पाउन गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।

पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित अमेरिकी महिला फुटबल टिमले गत वर्ष अदालतमा याचिका दर्ता गरेको थियो ।

अमेरिकाको ‘इक्वेल पे एक्ट’ अनुसार आफुहरुले पनि पुरुष खेलाडी सरह पारिश्रमिक पाउनुपर्ने माग गर्दै राष्ट्रिय टोलीका २८ जना खेलाडीहरु अमेरिकी फुटबल महासंघ विरुद्ध अदालत पुगेका थिए ।

तर अदालतले महिला खेलडीहरुको अपिल खारेज गरिदिएको हो । महिला खेलाडीहरुले अदालतको निर्याय विरुद्ध फेरी अपिल गर्ने बताएका छन् ।

अमेरिकाको महिला टिमले गत वर्ष महिला विश्वकप फुटबल जितेको थियो । यस्तै महिला टिमले पाँच पटक ओलम्पिकमा स्वर्ण पदक समेत जितिसकेको छ ।

Source:Imagekhabar.com

0Shares