अन्तराष्ट्रिय

अमेरिकी सहयोगका समान हस्तन्तरण

0Shares

काठमाडौ,जेठ ९ : कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान बोकेर पहिलो जहाज काठमाडौं आइपुगेको छ । शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको उक्त जहाजमा आएको सामान काठमाडौंस्थित अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग युएसएडका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाले सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री दिएको जनाएको छ । युएसएडले नेपाललाई कोरोनाविरूद्धको लडाइँमा सघाउन तीन जहाज सामान पठाउन लागेको जानकारी दिएको थियो । गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ ।
नेपाललाई गरिएको सहयोगबारे अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले पनि ट्वीट गरेका थिए । अमेरिकी विदेशमन्त्री नेपालका सम्बन्धमा बिरलै ट्वीट गरेका हुन् । ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन् ।

0Shares