राष्ट्रिय

अर्घाखाँचीमा महाधिवेशनको रोनक क-कस्को छत् चर्चा

0Shares

काठमाडौ,साउन ४: सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका छन् ।जिल्ला सभापतिको नेतृत्व लिन युवा नेताहरु अग्रसर छन् । १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा विष्णु खनाल ‘मुस्कान’ सर्वसम्मत बनेका थिए । स्थानिय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन उल्लेखनिय भुमिका खेलेका मुस्कानले लुम्बिनी प्रदेशको पदाधिकारीमा पौडेल पक्षबाट दाबी गरेका छन् । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २३ गते जिल्ला नेतृत्वको चयनका लागि अधिवेशन हुँदैछ ।
अहिलेका जिल्ला सभापति बिष्णु खनाल मुस्कान प्रदेश पदाधिकारीमा दाबि गर्दा अबको जिल्ला सभापती को बन्ने भन्ने बारे एकापसमा बहस सुरु भएको छ। महिला नेतृ समेत रहेकी महिला संघका जिल्ला अध्यक्ष तथा काँग्रेस उपसभापति शान्ता भण्डारी पनि सभापतिको दाबेदार आफु नै रहेको र उपसभापती आफु भएकोले अब आफ्नै पालो रहेको तथा महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताइन् । महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न उम्मेदवारी दिन लागेका हुन् । जिल्ला सभापतिको दावेदारका रुपमा दक्षिण अर्घाखाँचीका पुराना नेता एवं वर्तमान सचिव छविलाल पौडेल छन्। अर्घाखाँची कांग्रेसका पाका नेता पौडेल यसपटक सभापति हुन लबिङ्गमा लागेका छन् ।शिक्षक संघका अध्यक्ष रहेका यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न शिक्षक पेशाको जागिर छोडेर मैदानमा उत्रने चर्चा छ । काँग्रेसका पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल पनि सभापतिका दाबेदार हुन । महाधिवेशनमा अर्घाखाँचीमा देउवा पक्ष र पौडेल पक्षको लडाई हुने देखिन्छ । पौडेल पक्षका शान्ता भण्डारी, छविलाल पौडेल, केशव क्षेष्ठ हुन् । यादव घिमिरे भने देउवा निकटका हुन ।बाबुराम पौडेल भने देउवा निकट बालकृष्ण खाणसँग नजिक छन् । घिमिरे काँग्रेसका केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मासँग नजिक छन् ।

0Shares