राष्ट्रिय

अर्घाखाँची जिल्ला भयो प्रतिनिधि सभा सदस्य बिहिन

0Shares

काठमाडौँ चैत २७: नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद गुमेको छ । बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गरे ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् । एमालेमा गएपछि पुस्प्कमल दाहाल प्रचण्ड ले टोपबहादुर रायमाझी लगाएत चार जनालाई पाटीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गरेका छन। निस्कासन गरेसंगै अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सदस्य बिहिन भएको छ। अब भने अर्घाखाँची लगाएत कैलाली,रौतहट,जिल्लामा पुन उपनिर्वाचन गर्ने संकेत आएको छ।

0Shares