राष्ट्रिय

अर्घाखाँची सिमानाका अनिश्‍चितकालका लागि सिल

0Shares

कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गर्ने निणर्य गरेको छ ।

कपिलवस्तुका विभिन्न क्षेत्रमा गरि २९ जना सक्रमित भेटिए पछि अर्घाखाँचीमा सत्रर्कता अपनाइएको छ ।अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न सन्धिखर्क गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट लगायतका सीमा जोडिएका अन्य ठाउँमा प्रहरी परिचालन गरेको छ।

कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका हौं, सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनु भयो ।

Source:Arghakhanchibulletin

0Shares