अन्तराष्ट्रिय

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

0Shares

काठमाडौ,फागुन ४: अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले उहाँको हृदयघातका कारण निधन भएको जनाएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहनुभएको थियो ।राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहनुभएको बताउनुभएको छ ।

0Shares