राष्ट्रिय

आइतबार प्रतिनिधिसभाको अधिवेशनको आह्वान

0Shares

काठमाडौ,फागुन १७: प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने निणर्य गरेको थियो ।मन्त्रीपरिषदले गरेको निणर्य अनुसार प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो । त्यही आदेश अनुसार प्रधिनिसभाको बैठक बोलाउने निणर्य सरकारले गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आगामी आइतबार अर्थात फागुन २३ गते अपराह्न ४ बजे बोलाएकी छिन् ।

प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसँगै नयाँ सरकार गठनका लागि जोड घटाउ सुरु भएको छ । यता, नेकपा पुष्षकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाल पक्षले बुधबार स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रतिनिधिसभाबाट नयाँ प्रधानमन्त्री चुनिन कुल सदस्य संख्या २७५ को बहुमत अर्थात १३८ संसदको समर्थन जुटाउनु पर्ने हुन्छ ।प्रतिनिधसभामा नेकपा दुबै खेमाको १७३, नेपाली कांग्रेसको ६३, जनता दल समाजवादीको ३४ र साना दल एवं स्वत्न्त्रका तर्फबाट चार सांसद छन् ।अहिले नेकतातर्फ एक सांसदको पद रिक्त छ भने नेपाली कांग्रेसको र जनता दल समाजवादीका दुई-दुई सांसद निलम्बित छन् । नेकपाको विभाजनसँगै प्रचण्ड-माधव नेपालको पक्षमा लगभग ९० जना र प्रधानमन्त्री ओलीको पक्षमा लगभग ८० जना सांसद रहेको राजनीतिक बिश्लेषकको भनाइ छ ।यो परिस्थितिमा नेकपाको दुवै पक्षलाई नयाँ सरकार गठनका निम्ति प्रमुख विपक्ष दल नेपाली कांगेसको समर्थन अनिवार्य छ ।

0Shares