खेलकुद

आईपीएल टी–२० क्रिकेटको १४ औं संस्करणको खेल तालिका सार्वजनिक

0Shares

काठमाडौ,फागुन २७: भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले १४ औं संस्करणको आईपीएलको खेल तालिका घोषणा गरेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १४ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
१४ औं संस्करण आगामी अप्रिल ९ तारिखबाट शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० तारिखमा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।
होम एण्ड अवेको आधारमा नहुने यो प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बैंगलोर, दिल्ली, मुम्बई र कोलकाता गरी ६ शहरमा हुनेछ ।कोरोनाका कारण १३ औं संस्करण भने युएईमा भएको थियो । यसपालि भने नेपालबाट सन्दीप लामिछाने आईपीएलमा खेल्ने छैनन् । यसअघिका तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपलाई यसपटक कुनै पनि टिमले किनेनन् ।

0Shares