राष्ट्रिय

आजको काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

0Shares

काठमाडौँ,माघ २५: पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको छ। यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने छ । काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ । यो नै यस वर्षको सबैभन्दा कम तापक्रम हो ।
मौसमविदका अनुसार आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो । साढे ७;१५ बजेको न्यूनतम तापक्रम भने बढेर ३ डिग्री सेल्सियस पुगेको छ । बिहानपख जाडो भए पनि दिउँसोदेखि भने न्यानो हुने अनुमान मौसमविदले गरेका छन् । मौसमविदका अनुसार, ‘बिहान चिसो महसुस भए पनि दिउँसो भने न्यानो पन महसुस हुन्छ । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा पनि हिउँ पर्दा चिसो महसुस भएको छ ।पश्चिमी वायुको यो प्रभाव हटेपछि गर्मी सुरु हुने मौसमविदले बताएका छन् ।

0Shares