राष्ट्रिय

आजदेखि अमेरिकी जाेन्सन खाेप लगाईने

0Shares

काठमाडौ,साउन ४ : आजदेखि काठमाडौउपत्यकामा कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

0Shares