राष्ट्रिय

आजदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

0Shares

काठमाडौ,वैशाख ९ : सरकारले आजदेखि वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अनुमति दिन बन्द गरेको छ। कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइँदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र नो अब्जेक्सन लेटर आजदेखि बन्द गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी गराएको हो।

जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो। आजदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको सूचनामा उल्लेख छ। तर, विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जनाएको छ।

0Shares