राष्ट्रिय

आजदेखि बजेट अधिवेशन शुरु हुँदै, ४ बजे संसद भवनमा बस्ने

0Shares

आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ ।

यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।

जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए/नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध लगाइएकको संसद सचिवालयले सूचना निकाली जनाएको छ ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ भन त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्न लागिएको हो । मिनी संसद मानिे संसदीय समितहरुले त आफ्ना बैठकहरु शुरु गरिसकेका छन् ।

Source:Imagekhabar.com

0Shares