राष्ट्रिय

आजदेखि राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु

0Shares

काठमाडौ असार १७ : राष्ट्रिय सभाको आठौं अधिवेशन आज संघीय संसद् भवन बानेश्वरमा अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरूले राष्ट्रिय सभामा मुलुकमा विविध समस्याका विषय उठाउने तयारी गरेका छन् । सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो । दोस्रो पटक गत वैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ । एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनुपर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ ।

0Shares