राष्ट्रिय

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

0Shares

काठमाडौ,वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आहवान गरेका छन् । बैठक आज अपरान्ह ४ बजे बस्दै छ। बैठकका एजेण्डा भने खुलाइएको छैन । मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाउनुभएको हो । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

0Shares