राष्ट्रिय

आज काठमाडौंको तापक्रम एक डिग्री सेल्सियसभन्दा तल झरेको छ

0Shares

काठमाडौँ,पुस १६ :काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम शून्य दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको मैसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज जुम्लाको तापक्रम माइनस आठ दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । यस्तै दिपायलको तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस र वीरेन्द्रनगरमा एक दशमलव नौ डिग्री सेल्सियसमा झरेको छ । पश्चिमी तराईमा हुस्सु तथा पहाडी र हिमाली क्षेत्रमा बादल लागेको कारण तापक्रम घटेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

चिसो बढिरहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने भने बाँकी ठाउँको मौसम सफा रहने छ । तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

0Shares