राष्ट्रिय

आज गुरु पूर्णिमा उच्च सम्मानका साथ मनाईंदै

0Shares

काठमाडौ,साउन ९ : परापुर्वकालदेखि आषाढ शुक्ल पूर्णिमाका दिन मनाउने प्रचलन रहेको गुरु पूर्णिमा आज गुरुहरुप्रति उच्च सम्मानका साथ मनाइदै छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुप समेतमा मानेको छ ।
यस्तै आज नै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने प्रचलन रही आएको छ ।

0Shares