राष्ट्रिय

आज थप २५९ जनामा संक्रमण पुष्टि

0Shares

काठमाण्डौ, पुस २६:  बितेको २४ घण्टामा ३०९९ जनाको परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६४ हजार सात सय ८० पुगेको छ । आइतबार थप पाँच सय १३ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार चार सय ४१ पुगेको छ । बितेको २४ घण्टामा थप पाँच जनाको ज्यान गएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय १७ पुगेको छ । आइतबारसम्म आइसोलेशनमा रहने सक्रिय संक्रमितको संख्या चार हजार चार सय २२ छ भने क्वरेण्टीनमा रहनेको संख्या दुई सय ५७ छ ।

0Shares