राष्ट्रिय

आज थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,जेठ ५ : पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।

0Shares