राष्ट्रिय

आज थप ९१९६ जनामा संक्रमण,२९०५ संक्रमणमुक्त

0Shares

काठमाडौ,वैशाख २४ : पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ । त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ।

0Shares