राष्ट्रिय

आज थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,वैशाख २८ : पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।

0Shares