Uncategorizedपुंजीबजार

आज देखि माउण्टेन इनर्जीको शेयर दोस्रो बजारमा

0Shares

पुस १, काठमाडौं । आज देखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको माउण्टेन इनर्जी नेपालको शेयरमा खरीद चाप उच्च देखिएको छ । यो दिन ११ दशमलव ४५ मिनेटसम्म कम्पनीको १ लाख ९१ हजार ५९३ कित्ता शेयर खरीद माग रहेको छ ।

यो अवधिसम्म कम्पनीको शेयर विक्री कर्ता भने कोहि देखिएको छैन् । नियमित कारोबार प्रतिकित्ता रू. ३४४ देखि खुला भएको कम्पनीको शेयरमूल्य ९ दशमलव ८८ प्रतिशत बढेर रू. ३७८ पुगेको छ । 

मंगलवार कम्पनीले १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेले प्रतिकित्ता रू. ११४ दशमलव ८१ देखि रू. ३४४ दशमलव ४३ सम्मको मूल्य रेञ्ज तोेकेको थियो । सोही मूल्यको आधारमा बुधवार कम्पनीको शेयर कारोबार खुला भएको हो । 

 उक्त कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरी मंसिर १७ गते बाँडफाँट भएको थियो । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । 

0Shares