राष्ट्रिय

आज पनि सार्वजनिक बिदा

0Shares

काठमाडौ,वैशाख २: सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ।सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ‘सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।सो राजपत्रमा प्रकाशित भएको सूचना अनुसार नै सिरूवा-पावनी पर्व बिहीबार परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो।नयाँ वर्षको दिन देशैभर सार्वजनिक विदा दिइएको थियो ।

0Shares