राष्ट्रिय

आज प्रजातन्त्र दिवस मनाईदै

0Shares

काठमाडौ,फागुन ७: प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले तीन दिन विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ । फागुन ६ देखि ८ गतेसम्म घरघरमा दीप प्रज्ज्वलन गरी मनाउन आग्रह गरेको छ । “प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ। त्यसैगरी स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाइँदैछ । यसको गरिमा ठूलो भए पनि सरकारले फागुन ७ गते सार्वजनिक बिदा दिन भने छाडेको छ ।प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । तर यसको मर्ममाथि भने राजनीतिक दलका नेताहरुले नै प्रहार गरिरहेको स्पष्ट हुन्छ । 

नेपाली कांग्रेसले जहानियाँ राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । वि.सं. २००७ कात्तिक २१ गते क्रान्तिको घोषणा भयो । कांग्रेस मुक्ति सेना लडाइँमा होमियो ।कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा र तयारी पनि भारतबाटै गरेको थियो । छब्बीस वर्षीय थीरबम पनि सशस्त्र क्रान्तिमा लाग्ने अठोटसहित देहरादुनबाट कोलकता पुगे । त्यहाँ हतियारको बन्दोबस्ती र लडाइँको तयारी गरेपछि उनी नेतृत्वको मुक्ति सेनाको टोली वीरगञ्ज मोर्चामा खटियो ।तीन ठूला शहर विराटनगर, वीरगञ्ज र भैरहवामा विजय प्राप्त गर्ने लक्ष्यससहित मुक्ति सेनाले तिहारको लक्ष्मी पूजाका दिन एकैसाथ लडाइँ शुरु गर्यो । कात्तिक २६ गते भाइटीकाका दिन मुक्ति सेनाले वीरगञ्ज कब्जा गर्यो । दुर्भाग्य, विराटनगर र भैरहवामा भने उसले हार व्यहोर्नुपर्यो ।

जहानियाँ निरंकुश राणाशासनविरुद्धको सशस्त्र क्रान्तिको उनी पहिलो शहीद भने ।थीरबम काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका विश्वासपात्र हुनुहुन्थ्यो भने नाताले अर्का संस्थापक नेता शुवर्णशमशेर राणाका सहोदर भानिज । राज परिवारको सदस्य भएर पनि उहाँ प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा होमिनुभयो र परिवर्तनका खाँतिर आफूलाई उत्सर्ग गर्नुभयो ।‘उहाँमा बुबा भरतबम र मामा सुवर्णशमशेरको विशेष प्रभाव थियो, बिपी कोइरालादेखि कांग्रेसको तत्कालीन नेतृत्वसँग नजिक भएका कारण पनि क्रान्तिमा लाग्ने प्रेरणा जाग्यो’, थीरबमका नाति मञ्जेशबम मल्लले भने ।

0Shares