राष्ट्रिय

आज प्रधानमन्त्रीले विश्वासको मत लिदै

0Shares

काठमाडौ,वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि प्रतिनिधिसभाको बिसेष बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठक शुरुहुने बितिकै सभामुखले रास्ट्रपति कार्यालयबाट प्राप्त पत्र पठेर सुनाउने छन् । त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तब्य सहित बिस्वासको मत माग्ने छन् । मतदान प्रक्रियाले ओली सरकार टिक्ने कि ढल्ने भन्ने छिनोफानो गर्नेछ । अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने सम्भावना बढेको छ । प्रतिनिधिसभामा मतदान गर्नुपर्ने सदस्यहरुको संख्या २६६ रहे पनि अस्पतालमा रहेका झलनाथ खनाल कोरोनाका कारण झापामा आइसोलेसनमा रहेका राप्रपा सांसद राजेन्द्र लिङदेनले मतदानमा सहभागिता जनाउने सम्भावना छैन । अन्य केही सांसदहरुको पनि अनुपस्थिति हुन सक्छ । किनकि, चौथो ठूलो दल जसपाले आफ्ना सांसदहरुलाई ह्विप नलगाउने र तटस्थ बस्न सक्ने भनेको छ ।
प्रधानमन्त्री ओलीले संसदमा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्रीले संसदको विश्वास गुमाउने छन् र पदमुक्त हुनेछन् । अहिलेसम्मको संसदीय गणितलाई हेर्दा एमालेसँग १२१ भोट छ । यसमा १५ मत अन्य दलबाट ल्याउनुपर्ने हुन्छ । जबकि जसपाले तटस्थ बस्ने निर्णय नै गरिसकेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना लगभग टर्दै गइरहेको छ । नेकपा एमालेकै माधव–झलनाथ समूहले सामुहिक राजीनामा दिने तयारी गरिरहेको छ । सो समूहले राजीनामा दियो भने केपी ओलीले बहुमत पाउने सम्भावना रहने छैन । माधव समूहले केपी ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिए पनि ओली पक्षबाट यसको प्रतिक्रिया आएको छैन ।

0Shares