आज भैरहवाका मुख्य चोकहरु सुनसान,
काठमाडौँ,माघ २२; नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको आह्वान गरेको आमहड्तालका कारण प्रहरी प्रशासनले भैरहवा सुरक्षा व्यवस्था निकै नै कडा बनाइएको छ संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ । यसको असर भैरहवामाको सडकमा भने प्रभाव बिहानैदेखि परेको छ । बिहानी तथा दिउसो समूहमा पढाई हुने बिधालय बन्द छन भने सार्वजनिक यातायात पनि चलेका छैनन् । निजी सवारीसाधन मोटसाइकल, सामान्य रुपमा चलेका छन् । मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधै जसो व्यस्त हुने ठाँउ पनि सुनसान छन । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ । रुपन्देहीको बुटवलमा बन्दकर्ता देखिए पनि अवस्था शान्तिपूर्ण छ, अहिले सम्म कुनै पनि घटना नभएको भय पनी बीभीन्न ठाउबाट एक दर्जन कार्यकर्ता प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।