राष्ट्रिय

आज सरस्वती पूजा आर्थात श्रीपञ्चमी पर्व मनाइदै

0Shares

काठमाडौ,फागुन ४:माघ शुक्ल पञ्चमीका दिन आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर श्रीपञ्चमी मनाइँदैछ ।विधा रसिर्जनाकि देवी भएकाले विशेस गरि साहित्यकार, कलाकार,पत्रकार,शिक्षक विधार्थीले आ -आफ्ना कला साधनक वस्तु कलम,कापी आदिलाई पुजा आराधना गरी मनाईन्छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वमध्ये वसन्तपञ्चमी पनि नेपालीको महत्वपूर्ण पर्व हो । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी  यस दिनमा ऋतु पूजा, विद्या पूजा, श्री (लक्ष्मी) पूजा, विष्णु पूजा, श्रीकृष्ण पूजा, प्रकृति पूजा, हलोको पूजा र विद्याकी देवी सरस्वतीको प्रतिमा बनाई पूजा गरिन्छ । सरस्वतीको प्रसादले प्रसन्न श्रीकृष्णले वरदान दिई वसन्त पञ्चमीमा सरस्वती पूजाको परम्परा चलाएको मानिन्छ ।

0Shares